चापाघाटमा भएको सवारी दुर्घटनामा व्यास ५ का तिर्थकाे मृत्यु

चापाघाटमा भएको सवारी दुर्घटनामा व्यास ५ का तिर्थकाे मृत्यु

पृथ्वीराजमार्ग स्थित चापाघाटमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्युु भएको छ । मिति २०८२।०६।२४ गते १०:३० बजेको समयमा व्यास न.पा.-५ चापाघाट स्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा घाइते भएका ती पुरूषकाे २८ गते मृत्यु भएको हाे ।

दमौलीबाट थर्पु तर्फ जाँदै गरेको BAA ०५३३ न.को स्कारपियोमा सोही दिशा तर्फ जाँदै गरेको ग १ त ५३४२ न. को पावर टेलर (सानो चाइनिज ट्याक्टर) मा ठक्कर खाई दुर्घटना हुँदा पावर टेलर चालक जि.तनहुँ व्यास न.पा.-५ बस्ने बर्ष ४१ को तिर्थ बहादुर नेपाली घाइते भई उपचारको लागि प्रदेश अस्पताल दमौली पठाइएको थियो । दायाँ आँखा वरपर रातो भएको अवस्था सामान्य उपचार पश्चात् ऐ. १२:३० बजे घाइते डिस्चार्ज भई सोही दिन दुवै पक्ष जि.प्र.का. तनहुँमा आई कागज गरी आफुखुसी सोही दिन पुन स्वास्थ्य चेकअपको लागि GMC अस्पताल पोखरा गएकोमा उपचारको क्रममा ऐ. २८ गते २०:३० बजे डाक्टरद्दारा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page