उत्पादन जिराे , प्लास्टिकमुक्त तिहार भन्दै व्यास नगरपालिका बन्दैछ नाटकी हिराे !
व्यास नगरपालिकाले तिहार पर्वलाई स्वच्छ, हरित र वातावरणमैत्री बनाउने उद्देश्यले भन्दै प्लास्टिकका माला तथा कृत्रिम सजावटी सामग्री प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

नगरपालिकाले यस वर्षको तिहारमा प्लास्टिकका माला पूर्ण रूपमा निषेध गर्दै नगरवासीलाई प्राकृतिक फूलबाट बनेका माला प्रयोग गर्न आग्रह गर्दै बजारमा माइकिङ समेत गरेको छ ।

प्लास्टिकका माला र कृत्रिम सजावटले वातावरणमा दीर्घकालीन हानि पुर्याउँछन्, जसको प्रत्यक्ष असर सरसफाइ र सार्वजनिक स्वास्थ्यमा पर्छ भन्दै प्लास्टिक जन्य सामान राेकेकाे नगरपालिकाले नगरभित्र उत्पादनमा भने हात हालेको छैन । फुल खेतीमा किसानलाई आकर्शीत नगर्ने , बजेट नहाल्ने , स्थानीय उत्पादनलाई ध्यान नदिने अनि अफिसमा बसेर प्लास्टिक प्रतिवन्ध गर्ने भन्दै बजारमा माइकिङ गर्ने कार्यलाई नगरबासिले नाटकको संज्ञा दिएका छन् । स्थानीय किसानकाे फुलहरू प्रयाेग गर्नत उत्पादनमा जाेड दिन पर्याेनि नगरबासिकाे भनाइ छ ।
प्राकृतिक फूलको माला — प्रयोग प्रोत्साहन गर्ने निर्णय गर्न अगाडि उत्पादनमा ध्यान दिनुपर्छ ।
नगरपालिकाले नगरवासीलाई स्थानीय किसानका माला खरिद गर्न प्रेरित गरेकाे भनिरहँदा कहाँकाे फुल माला ल्याउने हाे ? एकथरी व्यवसायीकाे भनाइ छ । व्यास सँगै जाेडिएका म्याग्दे , आँबुखैरेनीले आफ्नै अनुदानमा किसानलाई फुल खेतीमा आकर्षण गरेर फुल उत्पादन सँगै आत्मनिर्भर बनाएको छ , तर यहाँ उत्पादननैँ छैन । यस सम्बन्धमा व्यास नगरपालिकाका कृषि शाखा प्रमुख डाक्टर मनाेज विक सँग सम्पर्क गर्दा यसपटक नगरपालिकाकाे सहयोगमा फुल उत्पादन नभएको जानकारी दिए ।

























