आँबुखैरेनीबासिकाे मन जितेर गए इन्स्पेक्टर सुवेदी

आँबुखैरेनीबासिकाे मन जितेर गए इन्स्पेक्टर सुवेदी

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख इन्स्पेक्टर टेकप्रसाद सुवेदीले आँबुखैरेनीबासिकाे मन जितेर गएका छन्। प्रहरी महानिरीक्षक स्तरीय निर्णयबाट बुधबार प्रहरी निरिक्षकहरुको सरुवा गर्ने क्रममा इप्रका आँबुखैरेनीका प्रमुखकाे पनि सरूवा भएको थियो। सुवेदीको जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध नियन्त्रण शाखामा सरुवा भएको छ । आँबुखैरेनीमा रहदा उत्कृष्ट कार्य गरेका सुवेदीलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य गरेको भन्दै फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान समेत गरेको थियो । यस्तै उनलाई ७०औं प्रहरी दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय,पोखराबाट नगद पुरस्कारसहित सम्मान गरिएको थियो । उनको नेतृत्वमा लागुऔषध नियन्त्रण र कारोबारी पक्राउमा उल्लेखनीय कार्य भएको छ ।सुवेदीको निष्ठा, समर्पण र सेवा भावले नेपाल प्रहरीको गौरव अझ उचो बनाएको छ । करिब १४ महिना बसेका यिनै सुवेदीकाे बिदाइमा आँबुखैरेनी गाउँपालिका , विभिन्न संघसंस्था , युवा क्लव नागरिक समाज लगायतले छुट्टाछुट्टै कार्यक्रम गरेका थिए ।

उनको ठाउँमा अब प्रहरी वृत्त लैनचौरमा कार्यरत प्रहरी निरिक्षक प्रदीप सुवेदी आउने भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page