तनहुँमा भएको माेटरसाइकल दुर्घटनामा रामेछापका श्रीमान श्रीमती घाइते

तनहुँकाे शुक्लागण्डकी न.पा. ६ खैरेनीटार स्थित पृथ्वीराजमार्ग सडक-खण्डमा बेलचौताराबाट दमौली तर्फ जाँदै गरेको ग १९ प ६८२८ नं. को माेटरसाइकल दुर्घटना भएको छ । चालकले नियन्त्रण गुमाई सडकबाट अं. २० मिटर तल खस्न जाँदा मो.सा. मा सवार दुई जना घाइते भइ उपचारको लागि फिस्टेल अस्पताल पोखरा पठाइएको छ ।

घाइते हुनेमा श्रीमान श्रीमती रहेका छन् । चालक श्रीमान रामेछाप खाँडादेवी गा.पा.५ फुल्पा बस्ने बर्ष ३० को निशान श्रेष्ठकाे छातीमा चोट लागेको र पछाडि सवार:-ऐ.ऐ. बस्ने निजको श्रीमती बर्ष २६ की रमा श्रेष्ठ टाउको र अनुहारमा चोट, अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।

























