आँबुखैरेनीमा लागु औषध गाँजा सहित दुई जना पक्राउ
तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा सवारी साधन तथा शंकास्पद मानिसहरुलाई चेकजाँच गर्ने गाँजा सहित दुई जना पक्राउ परेका छन् । काठमाण्डौंबाट पोखरा तर्फ आउदै गरेको ग.२ ख. १४२१ नं. को यात्रुवाहक बसमा चेकजाँच गर्दा साईडमा भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा ७०० ग्राम गाँजा सहित २ जना लाई नियन्त्रणमा लिई इ. प्र.का. आबुँखैरेनी तनहुँमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा न.पा.१० थापागाउँ कामीटोल बस्ने अ. २० को प्रकास बिश्वकर्मा र ऐ. ऐ. बस्ने बर्ष २३ को अभिषेक बिश्वकर्मा रहेका छन् ।


























