जेष्ठ नागरिक मिलन केन्द्र दमाैलीलाई काफ्लेको भ्याकुम सहयोग

जेष्ठ नागरिक मिलन केन्द्र दमाैलीलाई काफ्लेको भ्याकुम सहयोग


जेष्ठ नागरिक मिलन केन्द्र व्यास ३ पन्चमन्दिर दमाैलीलाइ भ्याकुम सहयोग प्राप्त भएको छ । जेष्ठ नागरिक मिलन केन्द्रका सल्लाहकार समितिका सदस्य निलकण्ठ काफ्लेले १९ हजार पाँच रूपया मुल्यकाे भ्याकुम सहयोग गरेका हुन् । मिलन केन्द्रमा सरसफाइकाे लागि भ्याकुमकाे आवस्यकता परेको जानकारी पाएपछि आफ्नाे श्रीमती देवी माया काफ्लेको वार्षिकिकाे अवसर तथा पितृहरूकाे सम्झनामा भ्याकुम सहयोग गरेको सहयोगी निलकण्ठ काफ्लेले बताए ।

सहयोगी काफ्लेलाई जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष चित्र बहादुर क्षेत्रीले धन्यवाद दिएका छन् । दैनिक भजन किर्तन सहितको जेष्ठ नागरिकहरूकाे भेटघाट हुने थलाेमा सरसफाइ गर्न अफ्ट्यारो भइरहेको अवस्थामा भ्याकुमले निकै ठुलो सहयोग पुग्ने उनलेे बताए । समितिका सचिव रेवत बहादुर कुवरले जेष्ठ नागरिक मिलन केन्द्रलाई विभिन्न समयमा विभिन्न सहयोगी व्यक्तिहरूले सहयोग गर्दै आएकाे बताए । यस्ता किसिमका सहयोगले जेष्ठ नागरिकहरूमा हाैसला बढ्दै जाने उनलेे बताए । उक्त सहयोग कार्यक्रममा बरिस्ठ सल्लाहकार शालीग्राम गिरी , उपाध्यक्ष जय न्याैपाने लगायतका जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page