दमाैलीमा हुने मनी सुन्दर श्रेष्ठ स्मृति कप व्याडमिन्टन प्रतियोगिताकाे तयारी तिव्र

दमाैलीमा हुने मनी सुन्दर श्रेष्ठ स्मृति कप व्याडमिन्टन प्रतियोगिताकाे तयारी तिव्र

तनहुँकाे दमाैलीमा कात्तिक २८ र २९ गते हुने मनी सुन्दर श्रेष्ठ स्मृति कप व्याडमिन्टन प्रतियोगिताकाे तयारी तिव्र पारिएको छ । बार्हबिसे युवा क्लबकाे आयाेजनामा दमाैली स्थित व्यास नगर ब्याडमिन्टन कभर्डहल विपि बनबाटिकामा हुने खुल्ला जिल्ला स्तरीय पुरूष व्याडमिन्टन प्रतियोगिताकाे तयारी तिव्र पारिएको हाे ।

प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र , द्धितीय पुरस्कार २० हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार १२ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र रहेको आयाेजक नरेन्द्र श्रेष्ठले जानकारी दिए । प्रतियोगिताकाे लागि टिम शुल्क ३ हजार रहेको र कात्तिक २७ गतेसम्म दर्ता गर्न सकिने श्रेष्ठले बताए ।
यस्तै डि लेभल पुरूष ब्याडमिन्टन प्रतियोगितामा प्रथम , द्धितीय र सान्त्वना पुरस्कार क्रमशः २० हजार , १० हजार र ८ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिने अर्का युवा रामकृष्ण क्षेत्रीले बताए । डि लेभलकाे लागि दर्ता शुल्क दुई हजार राखिएको क्षेत्रीले बताए । प्रतियोगितामा नरेन्द्र एण्ड सन्स स्पाेर्ट्स सप व्यास २ मुख्य प्रायोजक रहेको छ । प्रतियोगितामा अहिले सहयोग जुट्ने क्रम जारी रहेको र निमन्त्रणा पठाउने काम भइरहेको मुख्य प्रायोजक समेत रहेका युवा नरेन्द्र श्रेष्ठले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page