ट्रकको ठक्करबाट बेलचाैतारामा पाैडेलकाे मृत्यु

ट्रकको ठक्करबाट बेलचाैतारामा पाैडेलकाे मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ बेलचौतारामा आइतबार सॉझ मिनी ट्रकको ठक्करबाट एक पैदल यात्रीकाे मृत्यु भएको छ । मृत्युु हुनेमा बेलचाैताराकी ३७ वर्षकी देवी तिवारी पाैडेल रहेकी छिन् ।


पृथ्वीराजमार्ग स्थित दुलेगौंडाबाट खैरेनीटार तर्फ आउँदै गरेको ग १ क १८४५ नं को मिनि ट्रकले पैदल यात्री पौडेललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएकाे हाे । उपचारको लागी जि.पी. कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा पठाईएकोमा उपचारको क्रममा उनकाे मृत्युु भएकाे हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page