कार्यसमिति चयन हुन नसक्दा नेपाल यातायात राष्ट्रिय महासंघ गण्डकीकाे अधिवेशन लम्बियाे
नेपाल यातायात राष्ट्रीय महासंघ गण्डकी प्रदेशको ७ औं साधारणसभा तथा तेस्रो अधिबेशनमा सहमति जुट्न नसक्दा नयाँ कार्यसमिती चयन एकसाताको लागि स्थगित गरिएको छ । संयोजक केदार प्रसाद पौडेलका अनुसार सर्बसम्मतको लागि ब्यवसायी प्रतिनिधिहरुले गरेको प्रयत्न र आग्रहलाई ध्यानमा राखेर बन्दसत्रमा जानुपुर्व नै प्रदेश संयोजक तथा पदाधिकारी सदस्य सर्बसम्मत चयन गर्न छलफल गरेतापनी निष्कर्षमा पुग्न नसकेका कारण मतदानमा जान आवश्यक तयारी गर्न समय अपुग हुने निर्वाचन मण्डलको रायलाई ध्यान दिँदै स्थगित गरिएको हो ।

पौडेलले भने ” राज्यको भेदभावपुर्ण नितिका कारण ब्यवसायिहरुले आन्दोलन गर्नुपर्ने बाध्यताका बिच भाईचाराको सम्बन्ध स्थापित गर्न सर्बसम्मत चयन प्राथमिकतामा छ तर लोकतान्त्रीक प्रकृया अन्तरगत निर्वाचनबाट चुनिने बिषय बाध्यात्मक बिकल्पको रुपमा हो ।
आफू प्र्तिष्पर्धामा नरहेको जनाएर नयाँ कार्यसमिती चयनको लागि संयोजन गरिरहेका संयोजक पौडेल अधिबेशन सर्बसम्मत गराउनुपर्ने ब्यवसायिहरुको अत्याधिक दबाबमा रहेको निकट स्रोतले जनाएको छ ।



























