मृगौलाका बिरामी निर्बुका गुरूङलाइ तनहूँ समाज यूकेकाे २ लाख साठी हजार सहयोग
मृगौला पिडित बिरामीलाई उपचारको लागि तनहुँ समाज युकेले आर्थिक सहयोग गरेको छ । तनहूँकाे ब्यास न.पा.वाड न.११ निर्बु निबासी बुद्धी बहादुर गुरुङ्गको मृगौलाको उपचारको लागी तनहूँ समाज यूकेले रू २ लाख साठी हजार सहयोग प्रदान गरेको तनहूँ समाज यूकेका महासचिब महेन्द्र आलेले बताए।तनहूँ समाज यूके का उपाध्यक्ष निर्मला थापा ले बिरामी कै निबासमा पुगेर उक्त सहयोग रकम हस्तान्तरण गर्नू भएको बताइएको छ । मृगौला पिडित बिरामीलाई आर्थिक सहयोग प्रदान गर्नूहुने तनहूँ समाज यूके का सम्पूर्ण सहयोगी दाताहरु लाई संथाको अध्यक्ष सन्त गुरुङ्गले धन्यवाद दिएका छन् । साथै तनहूँ समाज यूकेले बुद्धि बहादुर गुरुङ्ग को सिघ्र स्वास्थ्य लाभको समेत कामना गरेकाे छ।

यूकेको विभिन्न शहरमा छरिएर रहेका तनहुँङ्गे हरु लाई एकिकृत गर्ने उदेश्यले सन २००८ मा स्थापना भएको तनहूँ समाज यूकेले आफ्नो स्थापना काल देखी नै तनहूँको शिक्षा, स्वास्थ्य,खानेपानी ,पर्यटन तथा कला संस्कृति को क्षेत्रमा आर्थिक सहयोग प्रदान गर्दै आई रहेको छ।


























