व्यास नगरपालिकाकाे चर्तीकला , करार भङ्ग नगर्ने , हाजिर गराउने , तलब राेक्ने

व्यास नगरपालिकाकाे चर्तीकला , करार भङ्ग नगर्ने , हाजिर गराउने , तलब राेक्ने


तनहुँकाे व्यास नगरपालिकाले फेरि अर्को चर्तीकला देखाएको छ । नगरपालिकाले करारमा कार्यरत कर्मचारीहरुको तलबभत्ता सोमबारदेखि रोक्का गरेको जनाएको छ , तर न त उसले कर्मचारीकाे करार सम्झौता भङ्ग गरेको छ न त कर्मचारीलाई नआउन भनेको छ । बरू उसले कर्मचारीलाई दैनिक हाजिर गराएर लाेक हँसाउने काम गरेको छ । नगरबासी भन्छन् कर्मचारीलाई कार्यालयमा हाजिर गराउने अनि काम लगाउने तर तलव चाहिँ दिन्न भन्ने ? याे भन्दा लाेक हँसाइ अरू के हुन्छ ? नगरपालिकाकाे यस्तो व्यवहारले सेवा प्रबाह समेत प्रभावित हुने देखिएको छ । नगरपालिकाले वेभसाइटमा निर्णय कार्यान्वयन सम्बन्धमा सूचना जारी गरी करारमा कार्यरत कर्मचारीको मङ्सिर १ गतेदेखि तलबभत्ता रोक्न लेखा शाखालाई निर्देशन दिएको पाइएको छ ।

नगरपालिकामा लामो समयदेखि कार्यरत कर्मचारीहरु समेत रहेको अवस्थामा विद्यमान सङ्घीय सरकारको निर्देशनलाई मध्यनजर गरी राजिनामा दिइ अलग हुन चाहने कर्मचारीलाई नगरपालिकाको करार कर्मचारीलाई उपलब्ध गराइने सुविधा सम्बन्धी कार्यविधि बमोजिमको सुविधा उपलब्ध गराउने, सामी, भूमिशाखा,त्यस्तै आगामी नगरसभाबाट अनुमोदन हुने गरी अत्यावश्यक शाखा र वडामा प्रशासन सहायकको चौथो दरबन्दी परिवर्तन गरी कम्प्युटर अप्रेटरको दरबन्दी कायम गर्ने र अब आइन्दा अत्यावश्यक बाहेकका दरबन्दी सिर्जना नगर्ने नगरपालिकाले जनाएको छ । सबै पदहरुमा रिक्त रहेका स्वीकृत सबै तहको दरबन्दीमा पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगसँग माग गर्ने र अत्यावश्यक सेवा सञ्चालन गर्न आवश्यक कानुन बमोजिम स्वीकृत हुन सक्ने गरी सङ्गठन संरचना सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०८२ पेश गर्न कार्यालयलाई निर्देशन दिइएको जनाएको छ ।
यससम्बन्धमा ब्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालसँग सम्पर्क गर्दा यी सबै बिषयमा जनप्रतिनिधि सँग बुझ्न भन्दै प्रतिक्रिया दिन चाहेनन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page