स्याङ्जा तनहुँ सम्पर्क सदनले गर्याे सहायक प्रजिअ र प्रहरी प्रमुख लगायतलाई सम्मान

स्याङ्जा तनहुँ सम्पर्क सदनले गर्याे सहायक प्रजिअ र प्रहरी प्रमुख लगायतलाई सम्मान


स्याङ्जा तनहुँ सम्पर्क सदनले मंगलबार दमाैलीमा भेटघाट तथा परिचय एवम् बधाई कार्यक्रम सम्पन्न गरेकाे छ । स्याङ्जा तनहुँ सम्पर्क सदनका अध्यक्ष बिनाेद कुमार विकको अध्यक्षतामा भएको कार्यक्रममा तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीकाे प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख टेकबहादुर कार्की , अनुसन्धान प्रमुख मनाेज ढकाल , डिएसपी श्रवण कुमार विक सहित बरिस्ठ अधिवक्ता परशुराम गिरी , इन्जिनियर मनाेज अर्याल ,पुर्व अध्यक्षहरू हेमकान्त लम्साल , रामचन्द्र अर्याल सहितको सहभागीता रहेको थियो ।

कार्यक्रममा तनहुँका विभिन्न कार्यालयमा प्रमुख तथा अन्य विभिन्न पदीय जिम्मेवारीमा रहेर जागिर खान आउनुभएकाहरूलाइ बधाई तथा सफल र उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सहभागीहरूले स्याङ्जा बाट तनहुँमा बसाइँसराइ गरेर या कामको सिलसिलामा आइ बस्ने स्याङ्जालिहरू एकजुट हुनुपर्ने बताएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page