बेलचाैतारामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रभातफेरी कार्यक्रम सम्पन्न

बेलचाैतारामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत प्रभातफेरी कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्लागण्डकी नगरपालिका र इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको आयोजनामा प्रभातफेरी र्‍याली कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी र्‍याली शुक्लागण्डकी नगरपालिका वडा नं. ०५ बेलचौताराबाट सुरुभई ब्राईटचोक,जिपी चोक,भिमाद चोक हुदै शुक्लागण्डकी नगरपालिका वडा नं. ०७ खैरेनीटारमा पुगी एक कार्यक्रमका वीच सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर उप प्रमुख खुम बहादुर बि.क., स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका पदाधिकारी हरु, पत्रकार हरु,आमा समुह,महिला समुह,युवा क्लब लगायत विभिन्न विद्यालयका प्र.अ,शिक्षक तथा विद्यार्थीहरु सहित पाँच सय भन्दा बढीको संख्यामा उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page