शाहारा विहीन जेष्ठ नागरिकलाई पत्रकार पाैडेलले एम्बुलेन्स भाडा तिरेर मानव सेवा आश्रममा पठाए

शाहारा विहीन जेष्ठ नागरिकलाई पत्रकार पाैडेलले एम्बुलेन्स भाडा तिरेर मानव सेवा आश्रममा पठाए

दमौली स्थित अनसन चौतारी आसपासको खुला आकाशमुनि आश्रयविहीन अवस्थामा बस्दै आएका दुई जेष्ठ नागरिकको बुधबार उद्धार गरिएको छ । लामो समयदेखि कष्टकर जीवन बिताउँदै आएका ९० वर्षीया नन्दकुमारी भुजेल तथा ५९ वर्षीय रामबहादुर सुनारलाई पत्रकार उज्ज्वल पाैडेलकाे सक्रियतामा सुरक्षित आवास तथा उपचारका लागि मानव सेवा आश्रम पोखरा पठाइएको हो ।

तनहुँ उद्घोष दैनिकका प्रकाशक तथा सम्पादक रहेका पौडेलको पहलमा दुवै जेष्ठ नागरिकलाई सडकबाट उठाएर संस्थागत संरक्षणमा पठाइएको हो। उद्धार कार्यमा जिल्ला प्रहरी कार्यालय तनहुँ, व्यास नगर प्रहरी, स्थानीयवासीकाे सक्रिय सहयोग रहेको थियो।  मानव सेवा आश्रम पोखरामार्फत उनीहरूलाई आवश्यक स्वास्थ्य परीक्षण, नियमित हेरचाह तथा पुनःस्थापनाका कार्यक्रमहरूमा समायोजन गरिने  मनाव सेवा आश्रम पोखराका सदेश पुनले बताए ।  समाजमा विपन्न, अशक्त र आश्रयविहीन नागरिकलाई सुरक्षित जीवन प्रदान गर्न यस्तो प्रकारका सहकार्यपूर्ण उद्धार आवश्यक रहेको पत्रकार महासंघ तनहुँ शाखाका  निवतमान् अध्यक्ष समेत रहेका  पौडेलले बताए । पाैडेलले पाेखरा पठाउन एम्बुलेन्सलाई आफ्नैँ ३ हजार पाँच सय रूपया तिरेर पठाएका थिए।पाैडेलकाे उक्त कार्यकाे चाैतर्फी प्रसंशा भएकोछ। 












 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page