एलायन्स क्लब अफ तनहुँद्वारा लागूऔषधमुक्त समाज अभियान

एलायन्स क्लब अफ तनहुँद्वारा लागूऔषधमुक्त समाज अभियान

एलायन्स क्लब अफ तनहुँले शनिबार दमौलीस्थित जिल्ला सभाहलमा एकदिने लागूऔषधमुक्त समाज सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। दशवटै पालिकाबाट आएका गरी २५० जनाको सहभागिता रहेको कार्यक्रममा युवामाथि बढ्दै गएको लागूऔषध दुरुपयोग र रोकथामका उपायबारे व्यापक प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमका मुख्य प्रशिक्षक तथा नार्कोनक नेपालका कार्यकारी निर्देशक (पूर्व एसएसपी) वसन्तराज कुँवरले हाल नेपालमा ७०–८० प्रतिशतका हाराहारीमा रहेका युवाहरू लागूऔषधको प्रत्यक्ष वा अप्रत्यक्ष जोखिममा रहेको उल्लेख गर्दै अभिभावक, विद्यालय र समाजले तत्काल ध्यान दिनुपर्ने पाँच मुख्य पक्ष प्रस्तुत गरेका थिए ।
कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्याैपाने , प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी , प्रहरी प्रमुख टेकबहादुर कार्की लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page