जन्मदिनमा दरैले गरिन् व्यास गुफामा सहयोग
जन्मदिनको अवसरमा व्यास ४ निवासी माया दरैले व्यास गुफामा खाद्यान्न लगायतका अन्य सामाग्री सहयोग गरेकी छन् । थकाली भान्सा घर सञ्चालन गर्दै आएकी दरैले व्यास गुफामा रहेका गाइलाइ १ बाेरा चापट ,१ बाेरा मकैकाे पिठो तथा तेल , मसला , दाल , आलु लगायतका खाद्यान्न सामाग्री सहयोग गरेकी हुन् । जन्मदिनमा गरिने फजुल खर्चलाई राेकी सामाजिक क्षेत्र , त्यसमा पनि धार्मिक क्षेत्रकाे रूपमा रहेको व्यास गुफामा सहयोग गरेको दरैले बताइन् । आफ्नाे सानो सहयोगले यहाँका गाइहरूलाइ पालनमा केही सहजता हाेस् भनेर सहयोग गर्न आएकाे उनको भनाइ छ ।

जन्मदिनको अवसर पारेर ब्यास गुफामा सहयोग गर्न आएकाेमा सहयोगी दरैलाइ ब्यास गुफाका गाेविन्द बाबाले जन्मदिनको बिशेश शुभकामना सहित धन्यवाद दिएका छन् । यहाँहरू जस्तै सहयोगी हातहरूवाट ब्यास क्षेत्र चलेको भन्दै उनलेे खुसी व्यक्त गरेका छन् ।


























