खेलमैदानमा महाेत्सव गर्न दिने विषयमा व्यास नगरपालिकामा चर्काचर्की

खेलमैदानमा महाेत्सव गर्न दिने विषयमा व्यास नगरपालिकामा चर्काचर्की


तनहुँको व्यास नगरपालिकाले बि.पी. वनवाटिका खेलमैदानलाई महोत्सव गर्न अनुमति दिएपछि खेल प्रेमिहरु आक्रोशित बनेका छन् । निर्माणाधीन मैदानलाई वर्षैपिच्छे ‘अन्तिम पटक’ भनेर महोत्सव गर्न दिंदा ६० लाखभन्दा बढी लगानी गरिएको खेल मैदान तहसनहस हुने तथा यसमा गरिएको लगानी बालुवामा पानी हाले सरह हुने भएको भन्दै खेलप्रेमीहरु युवाहरू आक्राेसित भएका हुन् । हैरान्स क्लवका का .अध्यक्ष कृष्णकुमार श्रेष्ठले दमाैलीमा खेलमैदान नहुनु अत्यन्तै लज्जास्पद विषय भएको भन्दै यसले खेल गतिविधि ठप्प बनाएको बताए ।
खेलमैदानमा महाेत्सव गर्न दिने या नदिने सम्बन्धमा व्यास नगरपालिकाले केही दिन अगाडि राजनीतिक दल , युवा क्लव , जनप्रतिनिधि लगायत सराेकारवालाकाे छलफल समेत गराएको थियो । उक्त छलफलमा खेलमैदान चाहिन्छ भनेर कुनै राजनीतिक दल , संघसंस्था र जनप्रतिनिधिले नभनेको बरू हाम्रो पालाे कहिले हाे महाेत्सव गर्ने मात्रै भनेको सहभागी एक युवाले बताए । उनिहरूलाइ खेलमैदानकाे चिन्ता छैन , खाली हामीले कहिले महाेत्सव गर्ने भन्ने मात्रै चिन्ता छ ती युवाले भने । सहभागीहरूले खेलमैदानकाे बारेमा चिन्ता नलिएपछी युवाहरू आक्राेशित भएका थिए । त्यतिमात्र हाेइन त्यहाँ चर्काचर्की र तँ तँ म म काे स्थिति बनेको थियो । त्यही परिस्थितिमा निर्णय गर्न नसकेपछी नगरपालिकाले फेरि छलफल गर्न बाेलाउने भनेर भनेकोमा त्यसको दुई दिनपछि बसेकाे कार्यपालिकाको बैठक नं. २२७ ले नेपाल आदिवासी जनजाति जिल्ला समितिलाई मङ्सिर २४ देखि पुस ५ गतेसम्म महोत्सव गर्न दिने निर्णय गरेकाे सार्वजनिक भएपछि नगरपालिकाले झुक्याएकाे युवाहरूले बताएका छन् । हामी महाेत्सवकाे बिराेधी हाेइनाैँ , तर खेलमैदानकाे संरक्षण हुनुपर्छ भनेको हाे युवाहरूको भनाइ छ । यससँगै मैदानको दीर्घकालीन विकासभन्दा नगरपालिकाले व्यापारिक कार्यक्रमलाई प्राथमिकता दिएको आरोप खुलेर उठेको छ।अघिल्लो वर्ष मात्र १५ लाख खर्चेर गरिएको ट्रेनेज र ग्राउन्ड लेभलिङ अझ सम्हालिन नपाउँदै महोत्सव सञ्चालको लागि फेरि स्टल, खाडल र भारी संरचना निर्माण गरिने भएपछि खेलप्रेमीहरूले नगरको उद्देश्य नै शंकास्पद भएको बताएका छन् । “गत वर्ष पनि अन्तिम भन्दै दिइयो, यस वर्ष पनि अन्तिम पटक भनिँदै छ । अब अन्तिम वास्तवमै कहिले हो ?” ।

त्यसाेत व्यास नगर खेलकुद समितिका संयोजक तथा वडा नं. ६ का अध्यक्ष जीवन गुरुङले समेत निर्णयप्रति असन्तुष्टि जनाएकाे सार्वजनिक भएको छ । एक मिडियामा प्रतिक्रिया दिँदै उनलेे — “मैले खेलमैदान महोत्सवका लागि दिनु हुँदैन भनेको थिएँ। तर बोर्डले फेरि अन्तिम भन्दै निर्णय गरिदियो।”

दमौलीमा मेला–महोत्सवका लागि पर्याप्त वैकल्पिक भू–क्षेत्र खेजि नै नगरि निर्माणाधीन खेलमैदानमै निरन्तर दबाब आउने अवस्था नै मुख्य समस्या भएको स्थानीयहरूको आरोप छ। हरेक वर्ष महोत्सवपछि बिग्रिएको मैदान मर्मतका लागि करदाताको पैसाबाट बजेट खर्चिने अवस्था आउनु प्रति नगर नेतृत्व मौन छ। पालिकाले भने ‘महोत्सवबाट उठेको रकम युवाहरुको खेलकुदको विकासमा लगाउने गरि अनुमति दिने निर्णण गरिन्छ ’ भनेर उम्किएको छ । खेलकुद क्षेत्रका प्रतिनिधिहरू बल्ल बल्ल खेल्न लायक जस्तो भएको दमौलीको खेल मैदान वर्षै पिच्छे आयोजना गरिने मेला र महोत्सवलाई दिनु सिङ्गो खेल मैदान नै तहस नहस हुने तथा नगरको खेलकुद गर्ने स्थलको भविष्य नै माटोमा मिल्ने बताएका छन् । यसरी खेलमैदानकाे विकास होइन, राजनीतिक–व्यापारीक दबाबको दोहोरो चेपुवामा पुग्नु बिडम्बनाको बिषय भएको छ।

दमाैली अस्पताल अगाडिको खेलमैदानलाइ पार्क बनाउने भन्दै व्यास नगरपालिकाले मासेपछी खेलमैदानलाइ बिपी बनबाटिका खेलमैदानमा सारिएको थियो । पहिला भइरहेको फुटबल मैदानमा ठुला ठुला प्रतियोगिता हुने गरेका र राष्ट्रिय खेलाडीहरू आउने गरेका हैरान्स क्लवका खेलाडी युवाहरू बताउँछन् । भाषण गर्ने मञ्च देखि चाैरकाे बिचभागबाट बाल उठाउने , गार्‍हो लगाउने जस्ता काम नगरपालिकाले गरेपछि फुटबल मैदान मासिएकाे हाे । नगरपालिकाले उक्त काम अगाडि बढाएको भए पनि याेजना अनुसार काम भने गरेको छैन र काम अलपत्र छ ।उक्त खेलमैदान निर्माणाधीन अवस्थामा रहेको प्याराफिटले गति लिन सकेको छैन् । पर्याप्त बजेट नहुँदा कछुवाको गतिमा निर्माण कार्य भइरहेको छ । विसं २०७६ साल साउन महिनादेखि निर्माण कार्य थालेको प्याराफिट र खेलमैदान निर्माण कार्य पूरा हुन नसक्दा दमाैलीमा फुटबल प्रतियोगिता आयाेजना हुन नसकेको मात्रै हाेइन , नयाँ खेलाडी उत्पादन पनि ठप्प छ ।
व्यास नगरपालिकाबाट गत दुई आर्थिक बर्षमा पन्ध्र÷पन्ध्र लाखका दरले रु.तीस लाख बजेट बिनियोजन गरेको थियो ।
करिब दुई सय ५० जना क्षमताको व्यवस्थित प्याराफिट निर्माण कार्य भएको बिपी बनबाटिका खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष भुवन गोशालीले जानकारी दिए। 
प्याराफिट र खेल मैदानका लागि आवश्यक पर्ने बजेट बिनियोजन नहुँदा निर्माण कार्यमा ढिलाई भएको बताइएको छ । चालु आर्थिक बर्षमा रु.दश लाख बिनियोजन भएकाले छिट्टै खेल मैदानमा माटो फिलिङग र पानी फ्लो गर्ने कार्य अघि  बढाइने भनिएपनी अहिलेसम्म प्रगति देखिएको छैन । “जिल्ला खेलकूद विकास समिति,गण्डकी प्रदेश सरकार कतैबाट बजेट नआउनुले पनि कामले गति लिन सकेको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेल,साँसद शंकर भण्डारी,साँसद कृष्णकुमार श्रेष्ठ लगायतका केन्द्र , प्रदेश र स्थानीय तहका नेताबाट आश्वसन पाएपनि सहयोग नमिलेको निर्माण समितिले बताएको छ । उक्त खेलमैदानमा माटो फिलिङ्ग गरी दुवो उमार्ने योजना रहेको र लम्बाइ ११० मिटर र चौडाइ ८० मिटर दूरीकाे खेलमैदान रहने बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page