नेकपा तनहुँद्वारा उम्मेदवारको नाम सिफारिस

नेकपा तनहुँद्वारा उम्मेदवारको नाम सिफारिस


दमौली, १२ पुस ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
पार्टीका अनुसार क्षेत्र नम्बर १ बाट विद्या ढकाल, शुक्र चुमन, रामहरि बजगाईँ, डा. कोपिला पोखरेल र नारायणबहादुर कार्की क्षत्रीको नाम सिफारिस गरिएको छ।
त्यस्तै क्षेत्र नम्बर २ बाट विनिसा आले, विकास नेपाली, शंकर पोखरेल, सोमबहादुर थापा र भूपाल थापाको नाम सिफारिस गरिएको छ।


समानुपातिक तर्फ गीता शाही, कलिला खान, जौमाया बराल सुनार, मिना अधिकारी, देवचन्द्र अधिकारी, रामबहादुर थापा, कुलबहादुर थापा, सोमबहादुर नेपाली, सिताराम घले परियार र लक्ष्मी पण्डितको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page