भानु बन्दिपुर जेसीजको शाखा अधिवेशन सम्पन्न,अध्यक्षमा राजेश

भानु बन्दिपुर जेसीजको शाखा अधिवेशन सम्पन्न,अध्यक्षमा राजेश

भानु बन्दिपुर जेसीजको शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित तथा मनोनित भएको छ। अधिवेशनले अध्यक्षमा जेसी राजेश कार्की, कानुनी सल्लाहकारमा जेसी रबिन अधिकारी, कार्यकारिणी उपाध्यक्षमा जेसी लिङ्कन श्रेष्ठ र जेसी सुदा बिष्ट, महासचिवमा जेसी राजिब राउत, उपाध्यक्षहरूमा जेसी अर्जुन बसेल, सुदिन पौडेल, विश्वास अधिकारी र बसन्त पौडेल, तथा कोषाध्यक्षमा जेसी कर्ण गुरुङलाइ चयन गरेको छ।

अधिवेशनमा उपस्थित सदस्यहरूले नयाँ नेतृत्वको आगामी कार्यकाल सक्रिय, प्रभावकारी र संगठनको विकासमुखी हुने अपेक्षा व्यक्त गरेका छन्। शाखाले नव निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page