कर्मचारी मिलन केन्द्रको अधिवेशन तथा बनभाेज सम्पन्न,अध्यक्षमा मनाेज , सचिवमा ज्याेती

कर्मचारी मिलन केन्द्रको अधिवेशन तथा बनभाेज सम्पन्न,अध्यक्षमा मनाेज , सचिवमा ज्याेती


तनहुँ, पौष १२ – कर्मचारी मिलन केन्द्र, तनहुँले आज व्यास १४ स्थित छाब्दी बाराही परिसरमा आफ्नो अधिवेशन सम्पन्न गरेको छ। जिल्ला अदालत तनहुँका जिल्ला न्यायधीश शम्भु प्रसाद बरालकाे प्रमुख आतिथ्यता तथा बिजय कुमार सिंहकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, सहायक प्रजिअ दीपक रेग्मी, स्रेस्तेदार नन्द प्रसाद आचार्य, चारवटै सुरक्षा निकायका प्रमुख, मिलन केन्द्रका सल्लाहकार तथा प्रमुख कोष नियन्त्रक अशोक खनाल, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा कर्मचारीहरूकाे उपस्थिति रहेको थियो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। जसअनुसार मनोज रानाभाटलाई अध्यक्ष, अमर दवाडीलाई उपाध्यक्ष, ज्योति आचार्यलाई सचिवमा चयन गरिएको छ। यस्तै सदस्यमा सुनिल पाण्डे, रविनसन अधिकारी, गोपाल ओली, अर्जुन पौडेल र अरुण पराजुली निर्वाचित भएका छन्।

सभाले निवर्तमान अध्यक्ष विजय कुमार सिंहलाई मिलन केन्द्र सल्लाहाकारमा नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, कोषाध्यक्ष, सहसचिव र एक सदस्य पद कार्यसमीतिले मनोनयन गर्ने व्यवस्था मिलाइएको छ।
कार्यक्रममा सहभागी कर्मचारीहरूले अधिवेशनपछि वनभोजको रमाइलो अनुभव पनि लिएका थिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page