दमौली बजार इकाइमा श्रेष्ठ र दाहाल बीच प्रतिस्पर्धा हुने संकेत , सचिवमा सिम्रनकाे सम्भावना !
तनहुँ उद्योग वाणिज्य संघको ४०औँ साधारणसभा तथा १८औँ अधिवेशन आगामी पौष २७ गते दमौलीमा हुने भएको छ। संघको केही दिन अघि बसेकाे बैठकले २७ गते उद्योग बाणिज्य हलमा अधिवेशन गर्ने निर्णय गरेको हाे । जिल्लाकाे अधिवेशन नजिकिँदै जाँदा संघअन्तर्गतको दमौली बजार इकाइमा चुनावी सरगर्मी चुलिँदै गएको छ।
दमौली बजार इकाइको २३ गते हुने अधिवेशनमा हालका उपसभापति तथा निमित्त सभापति शेषराज श्रेष्ठ र वर्तमान सचिव अन्जु दाहालबीच नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ। दुवै पक्षले आ–आफ्नो तयारी तीव्र बनाएका छन्, जसले चुनावलाई रोचक बनाउने अपेक्षा गरिएको छ। यससँगै बिन्दु कुमार श्रेष्ठकाे पनि सभापतिमा चर्चा रहेको छ ।

यता सभापतिमा तीनजनाको चर्चा चल्दा इकाई सचिव पदका लागि भने महिला उद्यमी सदस्य सिम्रन चन्द ठकुरीको सम्भावना बलियो देखिएको छ। संघभित्र सक्रिय भूमिकाका कारण चन्दलाई प्रभावशाली सचिव का रूपमा हेरिँदै आएको छ। उनको उम्मेदवारीले चुनावी समीकरण बदलिन सक्ने आँकलन गरिएको छ। यद्यपि सचिव पद सभापतिले मनाेनीत गर्ने पद हाे । यता केही व्यवसायीले सिधै सचिवमा जान बिधानले राेक्ने भनेर अफवाह फैलाएपनी बिधानले नराेक्ने उद्योग बाणिज्य संघ प्रशासन स्राेतले बताएको छ ।

पछिल्लाे समय ह्वात्तै चिसो बढिरहेका बेला संघको अधिवेशन नजिकिँदै जाँदा व्यवसायी वृत्तमा चासो र उत्सुकता सँगै तातो बढ्दै गएको छ।

























