तनहुँमा ट्याक्टर दुर्घटना, एक जना घाइते

तनहुँमा ट्याक्टर दुर्घटना, एक जना घाइते


तनहुँ । जिल्ला तनहुँको व्यास नगरपालिका–८ स्थित सोतीबेशी भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
मिति २०८२ साल ०९ महिना १८ गते साँझ करिब ५ बजेको समयमा सोतीबेशीबाट सोतीपसलतर्फ जाँदै गरेको ग१त ६९०० नम्बरको दाउरा लोड गरिएको ट्याक्टर चालकले नियन्त्रण गुमाउँदा ट्याक्टर सडकबाट करिब २० मिटर तल खसेर पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्टरमा सवार लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका–१ घर भई हाल तनहुँको सोतीबेशीमा बसोबास गर्दै आएका करिब ४० वर्षीय ज्ञान बंशी ठकुरी घाइते भएका छन्। घाइते ठकुरीको बाँया खुट्टामा मध्यम चोट लागेको र थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ।


घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page