रास्वपा व्यास–११ को वडा अधिवेशन सम्पन्न ,सभापतिमा पाैडेल

रास्वपा व्यास–११ को वडा अधिवेशन सम्पन्न ,सभापतिमा पाैडेल


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगरपालिका वडा नं. ११ को वडा अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। व्यास नगर सभापति चूडामणि दाहालको सभापतित्वमा तथा पार्टीका केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनबाट झलकराज पौडेल सर्वसम्मत रूपमा वडा सभापतिमा चयन हुनुभएको छ। त्यसैगरी उपसभापतिमा अर्जुन अधिकारी र सचिवमा एन्जल तिवारी चयन हुनुभएको छ।
वडा समितिका सदस्यहरूमा तोयानाथ पौडेल, शिव सुनार, बिरेन्द्र बुढाथोकी, संगीता परियार, धनकुमारी गुरुङ, भैरव पोख्रेल, सिर्जना तिमिल्सिना र बुद्धिमान गुरुङ चयन हुनुभएको छ।


कार्यक्रममा ४५ जना नवप्रवेशीलाई प्रमुख अतिथि डा. वाग्लेद्वारा पार्टीको ब्याज वितरण गरी रास्वपामा स्वागत गरिएको थियो। व्यास नगर सभापति चूडामणि दाहालले सबै पालिकाका वडाहरूमा पार्टी प्रवेश गर्नेको जनलहर बढ्दै गएको बताउँदै यसले पार्टीलाई थप हौसला मिलेको उल्लेख गर्नुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page