श्रम संस्कृति पार्टीद्वारा तनहुँ–१ बाट राजु गुरुङ उम्मेदवार घोषणा

श्रम संस्कृति पार्टीद्वारा तनहुँ–१ बाट राजु गुरुङ उम्मेदवार घोषणा


दमाैली, ४ माघ
श्रम संस्कृति पार्टीले तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट राजु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनका लागि गुरुङलाई उम्मेदवारका रूपमा चयन गरेको हो।
पार्टीले श्रमको सम्मान, सामाजिक न्याय, सुशासन तथा जनमुखी विकासलाई मुख्य एजेन्डा बनाएर निर्वाचनमा सहभागी हुने जनाएको छ। उम्मेदवार गुरुङले श्रमिक, किसान तथा आम नागरिकका हकहितका पक्षमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


श्रम संस्कृति पार्टीले तनहुँ–१ मा संगठन विस्तारलाई तीव्र बनाउँदै चुनावी अभियान सञ्चालन गर्ने तयारीसमेत थालेको छ। पार्टी नेतृत्वले जनताको सहभागितामूलक राजनीतिमार्फत समृद्ध समाज निर्माण गर्ने लक्ष्य रहेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page