धादिङमा भएको बस दुर्घटनामा तनहुँका सहित १७ काे मृत्यु , २८ घाइते ( नामावली सहित )
पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । घाइते भएका मध्ये केही तनहुँका छन् ।

हालसम्म सो दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको छ। घटनास्थलमा तीन वटै सुरक्षा निकायको समन्वयमा उद्धारको काम भइरहेको छ । नामावली सहित


























