सेती नदीबाट अवैध उत्खनन : दुई ट्याक्टर नियन्त्रणमा

सेती नदीबाट अवैध उत्खनन : दुई ट्याक्टर नियन्त्रणमा


तनहुँ, भिमाद — सेती नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ (ढुङ्गा) उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरीले दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको छ। चैत १७ गते बिहान करिब ०८:४५ बजेको समयमा भिमाद नगरपालिका–७ सिस्नेरी स्थित सेती नदी क्षेत्रमा अवैध उत्खनन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको टोलीले कारबाही गरेको हो।
प्रहरीका अनुसार ढुङ्गा लोड गरिरहेको अवस्थामा ग १ त ३१७६ नम्बरको ट्याक्टर र ढुङ्गा लोड गर्दै गरेको ग १ त ५८७५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका दुवै ट्याक्टरलाई आवश्यक कानुनी कारबाहीका लागि भिमाद नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page