सत्यवती माविद्वारा शिक्षकलाई अक्षर राम्रो लेखन तालिम प्रदान:

सत्यवती माविद्वारा शिक्षकलाई अक्षर राम्रो लेखन तालिम प्रदान:

दमौली, चैत्र २७
दमौली स्थित सत्यवती माध्यामिक विद्यालयले व्यास नगरपालिकामा कार्यरत विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरुलाई अक्षर राम्रो लेखन तालिम प्रदान गरेको छ । तालिममा सत्यवती मावि सहित विभिन्न २७ विद्यालयका शिक्षकहरु सहभागी रहेका थिए ।

तालिमको व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष तथा विद्यालयका संरक्षक काशीराम श्रेष्ठले उद्घाटन गर्दै शिक्षक स्वयंले राम्रो अक्षर लेख्न सिपालु बन्न सके विद्यार्थीलाई पनि राम्रो अक्षर लेख्न प्रेरणा जाग्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देलले गरेका थिए भने कार्यक्रमको सहजिकरण सहायक प्रअ अनिल श्रेष्ठले गरेका थिए । शिक्षकले राम्रो अक्षर बनाउने तालिम लिए पछि विद्यार्थी पनि राम्रो अक्षर कसरी लेख्ने भन्ने बारेमा सिकाउन सजिलो हुने हुँदा तालिम प्रदान गरिएको प्रधानाध्यापक पुष्पकला भट्टराईले बताइन् । तालिमको प्रायोजन ग्रिन बुक्स पब्लिकेशनले गरेकाे थियो भने वामदेव योगीले प्रशिक्षण दिएका थिए । एक दिने सो तालिममा अंग्रेजी र नेपाली दुवै विषयमा कसरी राम्रो लेख्ने भन्ने बारेमा जानकारी दिईएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page