भानुमा उत्कृष्ट १० कृषक सम्मानित:

भानुमा उत्कृष्ट १० कृषक सम्मानित:

भानु नगरपालिकाले कृषक सम्मान कार्यक्रम अन्तर्गत ५ वटा बिधामा सर्वोत्कृष्ट र उत्कृष्ट गरी १० जना कृषकहरूलाई सम्मान गरेको छ । भानु नगरपालिका भित्र रहेका ब्यबसायीक रूपमा पशुपालक गरिरहेका कृषकहरुलाई हौसला प्रदान गरी पशुपालन तथा पशु उत्पादन र उत्पादकत्वमा बृद्धि गर्ने उदेश्यले कृषकहरुलाई सम्मान गरिएको हाे ।

गाईभैसी पालन,बाख्रापालन,माछा पालन,बंगुर पालन र कुखुरापालन मा गरी ५ वटा बिधामा सर्वोत्कृष्ट र उत्कृष्ट गरी १० जना लाई सम्मान गरिएको भानु नगरपालिकाले जनाएको छ । जसअनुसार उत्कृष्ट ५ जना कृषकलाई जनही ३ हजार रुपैयाँ र सर्वोत्कृष्ट कृषकलाई जनही ५ हजार रूपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको नगरपालिका पशु शाखाले जनाएको छ ।

किसानलाई हौसला दिन तथा व्यवसायिक रुपमा पशुपालन गरिरहेका ती किसानबाट अरुले पनि सिकुन भनेर सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले बताए । उनका अनुसार कार्यालयबाट अनुदान तथा प्राविधिक सहयोग गरिएका किसान मध्येबाट फिल्डमा पटक पटक गएर गरिएको अनुगमनका आधारमा निबेदन परेको कृषक मघ्य बाट सर्वोत्कृष्ट र उत्कृष्ट किसानहरुलाई सम्मान गरिएको हो ।

यो कार्यक्रमले युवाहरू लाई पशुपालन क्षेत्रमा हौसला प्रदान गरी आगामी दिनमा पनी निरन्तर सहयोग गर्दै कृषकलाई हातेमालो गर्दै अधि बढ्दै जाने र आगामी बजेट निर्माणमा समेत सहयोग हुने आर्थिक विकास समिती संयोजक अर्जुन बहादुर बोहोराले बताए ।

सम्मान कार्यक्रममा भानु नगर प्रमुख आनन्द राज त्रिपाठीले कृषि तथा पशुपालन क्षेत्रमा ब्यबसायीकरण गर्दै पशुजन्य उत्पादनमा आत्मनिर्भर हुन भानु नगर तत्पर रहेको बताए । आगामी दिनमा कृषिमा युवा लक्षित कार्यक्रम निमार्ण गर्ने र यो सम्मान कार्यक्रमले कृषकहरुलाई मनोबल प्रदान गर्ने हुँदा यस कार्यक्रम लाई निरन्तरता प्रदान गर्नुपर्ने नगर प्रमुख आनन्दराज त्रिपाठीकाे भनाइ थियो ।

सम्मानित हुनेमा गाई भैसी पालन बिधा तर्फ सर्वोत्कृष्ट कुशल चन्द्र अधिकारी (भानु-१२)र उत्कृष्ट सरस्वती घिमिरे (भानु-०८) , बाख्रापालन बिधा तर्फ सर्वोत्कृष्ट मान बहादुर भण्डारी (भानु-०६) र उत्कृष्ट बिन्दु अधिकारी (भानु-४), माछा पाललन बिधा तर्फ सर्वोत्कृष्ट लक्ष्मी श्री राजभण्डारी श्रेष्ठ (भानु-१२) र उत्कृष्ट सोम प्रसाद खनाल(भानु-१३), कुखुरापालन बिधा तर्फ सर्वोत्कृष्ट नारायण देवी खड्का भण्डारी (भानु-०६)र उत्कृष्ट धर्मराज अधिकारी (भानु-१३) , बंगुर पालन तर्फ सर्वोत्कृष्ट दुर्गा रास्कोटी राना मगर (भानु-७) र उत्कृष्ट शारदा कुमाल (भानु-१)रहेका छन् ।

कार्यक्रममा भानु नगरपालिकाका नगर प्रमुख सहित उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत,आर्थिक विकास समितीका सभापती, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, बिभिन्न शाखाका प्रमुख र पशु बिकास शाखाका अमित ढुंगाना,सन्दिप ढकाल,धनराज कुमाल लगायतको सहभागिता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page