बन्दीपुरमा कपडा बैंक सञ्चालनमा

बन्दीपुरमा कपडा बैंक सञ्चालनमा

तनहुँको बन्दीपुर गाउँपालिका–१ मा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । क्लोथ एन्ड फुड बैंक नेपाल सँगको सहकार्यमा सुरु गरिएको कार्यक्रममा ४४२ जना चेपाङ समुदाय तथा विपन्न परिवारलाई कपडा वितरण गरिएको हो ।

वडा कार्यालय परिसरमा स्थापना गरिएको कपडा बैंकमा प्रयोगमा नआएका कपडा र झोला संकलन गरिनेछ । संकलित सामग्रीलाई रिसाइकल गरी पुनः प्रयोगयोग्य बनाएर आवश्यक पर्ने व्यक्तिलाई निःशुल्क उपलब्ध गराइने जनाइएको छ । साथै, बैंकले विपन्न समुदायसम्म घरघरमै पुगेर कपडा वितरण अभियान पनि सञ्चालन गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा ले आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले कपडा बैंक स्थापना गरिएको बताउनुभयो । वडाध्यक्ष शिव कुमार श्रेष्ठ ले स्थानीयवासीलाई प्रयोगमा नआएका कपडा बैंकमा जम्मा गर्न आग्रह गर्नुभएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page