GEN-Z आन्दोलनका क्रममा फरार रहेका कैदी डुम्रेबाट पक्राउ

GEN-Z आन्दोलनका क्रममा फरार रहेका कैदी डुम्रेबाट पक्राउ

तनहुँको बन्दिपुर गाउँपालिका–१ डुम्रे बजारबाट GEN-Z समूहको आन्दोलनका क्रममा जिल्ला कारागार कास्कीबाट फरार रहेका एक कैदी पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय डुम्रेबाट खटिएको प्रहरी निरीक्षक विजय यादव नेतृत्वको टोलीले बन्दिपुर–१ निवासी २९ वर्षीय अर्जुन परियारलाई नियन्त्रणमा लिएको हो।

परियार मिति २०८२ भदौ २३ र २४ गते GEN-Z समूहको आन्दोलनका क्रममा जिल्ला कारागार कास्कीबाट फरार भएका ज्यान जाँच कसुर मुद्दाका कैदी रहेको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई जिल्ला कारागार तनहुँ बुझाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page