नुरी हन्फी जामे मस्जिद दमाैलीमा इदकाे शुभकामना आदानप्रदान:

नुरी हन्फी जामे मस्जिद दमाैलीमा इदकाे शुभकामना आदानप्रदान:

तनहुँको व्यास नगरपालिका-४ स्थित नुरी हन्फी जामे मस्जिदमा बिहीबार बिहान मुस्लिम समुदायले इदउल फित्र मनाएका छन् ।
इदको अवसरमा जामे मस्जिदमा सामूहिक नमाज पढिएको स्थानीय नजरात अलिले बताए । यहाँका करिब ३ सय घरका दुई हजार आसपासकाे संख्यामा रहेका मुस्लिमहरूले नमाज पश्चात् इदकाे शुभकामना आदानप्रदान गरेको अलिले जानकारी दिए । शुभकामना आदानप्रदान सकेपछि उनिहरूले सेवई खाने गर्छन्।

 इद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठुलो पर्वमध्ये एक हो । इद,महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । इद उल(फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने लाग्छ। हिजरी संवतको रमदान महिनाभर रोजा (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् ।बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भए अनुसार मनाइएको हाे ।

राष्ट्रिय जनगणना–२०७८  अनुसार देशमा मुस्लिम समुदाय कूल जनसङ्ख्याको ५ दशमलव ९ प्रतिशत छ । 

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page