व्यास–९ मा महिलाका लागि ३ दिने नेतृत्व विकास तथा सार्वजनिक भाषणकला तालिम सुरु

दमौली । व्यास नगरपालिका–९ मा महिलाहरूका लागि नेतृत्व विकास, सार्वजनिक भाषणकला, बजार प्रवर्द्धनमा सामाजिक सञ्जालको भूमिका तथा साइबर अपराध सम्बन्धी ३ दिने तालिम सुरु भएको छ।
परिवर्तनको लागि मिडिया को आयोजनामा तथा वडा नं ९ को सहयोगमा सुरु भएको तालिमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं ९ का अध्यक्ष सुरेश थापा ले तालिमलाई व्यवहारमा उतार्दै उपयोगी बनाउन आग्रह गरे। उनले महिलाको नेतृत्व क्षमता विकास र सीप अभिवृद्धिमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।

कार्यक्रममा वडा सदस्य उमा आचार्यको अध्यक्षता रहेको थियो। कार्यक्रममा कार्यपालिका सदस्य ज्ञानु सुनार, पार्वती आचार्य तथा सुक्रजग अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
तालिममा व्यास–९ का महिलाहरूको उल्लेखनीय सहभागिता रहेको छ। कार्यक्रमको सहजीकरण विकास खनालले गरेका थिए भने मुख्य प्रशिक्षण पूर्ण विकेले गरिरहेका छन्।




























