व्यास–९ मा महिलाका लागि ३ दिने नेतृत्व विकास तथा सार्वजनिक भाषणकला तालिम सम्पन्न
दमौली । व्यास नगरपालिका–९ मा महिलाहरूका लागि आयोजित ३ दिने नेतृत्व विकास, सार्वजनिक भाषणकला, बजार प्रवर्द्धनमा सामाजिक सञ्जालको भूमिका तथा साइबर अपराधसम्बन्धी तालिम सम्पन्न भएको छ।
‘परिवर्तनको लागि मिडिया’ को आयोजनामा तथा वडा नं. ९ को सहयोगमा सम्पन्न उक्त तालिममा सहभागीहरूलाई कार्यक्रमका प्रमुख अतिथि व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रमाणपत्र वितरण गरे।
समापन समारोह व्यास नगरपालिकाका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष सुरेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि न्याैपानेले तालिमलाई व्यवहारमा उतार्दै प्राप्त सीपलाई उपयोगी बनाउन आग्रह गर्दै महिलाको नेतृत्व क्षमता विकास र सीप अभिवृद्धिमा यस्ता कार्यक्रम प्रभावकारी हुने बताए।
कार्यक्रममा वडा सदस्य सन्तोष जिसी र प्रशिक्षक पूर्ण विकेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
तालिममा व्यास–९ का महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण विकास खनालले गरेका थिए भने मुख्य प्रशिक्षण पूर्ण विकेले दिएका थिए। यस्तै साइवर सम्बन्धि प्रशिक्षण जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक अमृत लामिछानेले दिएका थिए ।

सहभागीहरूले तालिम निकै उपयोगी र प्रभावकारी भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याएका छन्।




























