तनहुँमा भिरबाट लडेर एक किशोरको मृत्यु
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ झरौटामा भिरबाट लडेर एक किशोरको मृत्यु भएको छ। बिहीबार राति करिब ११:३० बजे साथीहरूसँग बसेका शुक्लागण्डकी–७ भोटेपानी निवासी १७ वर्षीय अस्मित राना पिसाब फेर्न जाने क्रममा जिपी कोइराला अस्पताल पछाडिको सिसौघारी भिरबाट करिब ९० मिटर तल खसेर गम्भीर घाइते भएका थिए।

उद्धार गरी उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटा लगिएकोमा शुक्रबार राति १२:३५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




























