रिलायबल नेपाल लाइफद्वारा घातक रोग दाबीबापत ५ लाख रुपैयाँ भुक्तानी

रिलायबल नेपाल लाइफद्वारा घातक रोग दाबीबापत ५ लाख रुपैयाँ भुक्तानी


दमौली, जेठ २४ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, दमौली शाखाले मध्यनेपाल नगरपालिका–७ निवासी मिर्गौला फेल भएका बिरामी मिलन बिकलाई घातक रोग दाबीबापत ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
दमौली शाखाद्वारा आयोजित कार्यक्रममा निमित्त शाखा प्रमुख सफल पण्डितको अध्यक्षता रहेको थियो भने मध्यनेपाल नगरपालिका–७ का वडा अध्यक्ष हिरा बहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए। उक्त अवसरमा दमौली शाखाका चिफ एजेन्सी म्यानेजर शिवचन्द्र पण्डित विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै शाखा प्रमुख सफल पण्डितले रिलायबल नेपाल लाइफ आफ्ना बीमितप्रति पूर्ण रूपमा उत्तरदायी रहेको बताउँदै दाबी भुक्तानीमा कम्पनी अग्रणी रहेको उल्लेख गरे। उनले बीमाले व्यक्तिको बचत र आर्थिक सुरक्षाको सुनिश्चितता गर्नुका साथै राष्ट्रको पूँजी निर्माणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताए।
विशिष्ट अतिथि शिवचन्द्र पण्डितले राज्यले सबै नागरिकलाई बीमाको पहुँचभित्र ल्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। उनले निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी तथा जनप्रतिनिधिको समेत अनिवार्य बीमा सुनिश्चित गर्ने दिशामा पहल भइरहेको बताए।
प्रमुख अतिथि वडा अध्यक्ष हिरा बहादुर गुरुङले बीमासम्बन्धी योजना, सेवा तथा सुविधाबारे जानकारी प्राप्त गरेपछि आफू प्रभावित भएको बताउँदै यस्ता कार्यक्रमले नागरिकमा वित्तीय सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले बीमाको महत्व तथा दाबी भुक्तानी प्रक्रियाले सेवाग्राहीमा विश्वास बढाएको धारणा व्यक्त गरेका थिए। घातक रोगको उपचारमा आर्थिक भार खेपिरहेका बिकलाई प्रदान गरिएको उक्त रकमले उपचारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page