पौडी खेल्ने क्रममा डुबेर घिरिङका रानाको मृत्यु:

पौडी खेल्ने क्रममा डुबेर घिरिङका रानाको मृत्यु:

पाैडी खेल्ने क्रममा पानीमा डुवेर एकजनाकाे मृत्यु भएको छ ।नवलपुर स्थित कावासोती नगरपालिका वडा नं १५ मा रहेको बाडखोलामा पौडी खेल्ने क्रममा तनहुँ घिरिङ – २ माहोरकोट घर भई हाल कावासोती १४ त्रिभुवनटार बस्ने १५ वर्षीय रविन रानाको मृत्यु भएको हो ।

मङ्गलबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका रानालाई  प्रहरीको टोलीले खोज्ने क्रममा सोही स्थानमा मृत अवस्थामा फेला पारेको थियो । बालकको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page