म्याग्दे ५ मा भएको आँखा शिविरमा २३ जनामा माेति विन्दु देखियो

म्याग्दे ५ मा भएको आँखा शिविरमा २३ जनामा माेति विन्दु देखियो

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ५ मा बिहिबार भएको निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । नेपाल नेत्रहिन संघ , नेत्रहिन पुनर्स्थापना कार्यक्रम गाेरखा र नेपाल नेत्रज्याेती संघ भरतपुर आँखा अस्पताल चितवनकाे संयुक्त आयाेजनामा सञ्चालन भएकाे निःशुल्क आँखा शिविरमा २ सय ५१ जनाकाे आँखाको परिक्षण गरिएकाे थियो ।

जसमध्ये २३ जनामा माेति विन्दुकाे समस्या देखिएकाे म्याग्दे गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले बताए । माेतिविन्दुकाे समस्या देखिएका बिरामीहरू लाई यहि वैसाख १८ र १९ गते जामुने स्वास्थ्य चाैकिमा शल्यक्रिया बाट उपचार गरिने समेत घिमिरेले जानकारी दिए । नि:शुल्क आँखा शिविरकाे वडा नं ५ का अध्यक्ष शिव बहादुर आले लगायतका जनप्रतिनिधिले अनुगमन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page