पाैडेल वंश महासंघ नेपाल तनहुँ व्यास नगर अध्यक्षमा ईश्वर पाैडेल निर्वाचित

पाैडेल वंश महासंघ नेपाल तनहुँ व्यास नगर अध्यक्षमा ईश्वर पाैडेल निर्वाचित

पाैडेल वंश महासंघ नेपाल तनहुँ व्यास नगर अध्यक्षमा ईश्वर पाैडेल निर्वाचित भएका छन् । शनिवार जिल्ला समन्वय समिति तनहुँकाे सभाहलमा भएकाे प्रथम अधिवेशनले पाैडेलकाे अध्यक्षतामा १५ सदस्यीय नगर कार्यसमिति गठन गरेकाे हाे । नगर समिति उपाध्यक्षमा तारापति पाैडेल, सचिवमा रामदत्त पाैडेल, काेषाध्यक्षमा पुजा पाैडेल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यमा नविनराज पाैडेल, यज्ञप्रसाद पाैडेल, भरत प्रसाद पाैडेल, नवराज पाैडेल, झलकराज पाैडेल, ज्ञान शंकर पाैडेल,रामविलास पाैडेल, भवानी प्रसाद पाैडेल, धुर्वकान्त पाैडेल र कृष्णबहादुर पाैडेल सर्वसम्मत रूपमा चयन भएकाे निर्वाचन संयाेजक नारायणदत्त पाैडेलले जानकारी दिए । उक्त अधिवेशनकाे पाैडेल वंश महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष रामजी पाैडेलले उद्घाटन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page