एक लाख रासिकाे भलिबल प्रतियोगिता जेठ १७ गते दमाैलीमा हुने

एक लाख रासिकाे भलिबल प्रतियोगिता जेठ १७ गते दमाैलीमा हुने

तनहुँकाे सदरमुकाम दमाैली स्थित अनसन चौतारी खुल्ला चौरमा पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । अन्तर पालिका स्तरीय हुने प्रतियोगिता जेष्ठ १७ गते देखि १९ गते सम्म हुने भलिबल संघ तनहुँले जनाएको छ ।

स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ रूपयां नगद तथा ट्रफि, मेडल र प्रमाणपत्र पाउने जिल्ला भलिबल संघ तनहुँका अध्यक्ष पदम सुनारले बताए । यस्तै प्रतियोगितामा दोस्रो हुने टिमले ५१ हजार १ सय ११ तथा तेस्रो हुने टिमले २५ हजार १ सय ११ रूपया नगदका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउने सुनारले जानकारी दिए ।

प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट स्पाईकर, बेस्ट सेटर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर बेस्ट कोच, बेस्ट सर्भर लाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको छ । स्थानीय खेलाडीलाई प्राेत्साहन गर्ने उद्धेश्यले सम्बन्धित स्थानीय स्तरकै खेलाडी हुन् भनि प्रमाणित गरेको फारम भरि आयाेजक समक्ष पेश गर्नुपर्ने संघले जनाएको छ । त्यस्तै एउटा पालिकाले बढीमा दुई टिम सम्म सहभागी गराउन सक्ने , दर्ता शुल्क रु. १० हजार लाग्ने र २०८१ जेठ १५ गते सम्ममा टिम दर्ता गरिसक्नु पर्नेछ ।

थप जानकारीको लागिः

अध्यक्षः पदम सुनार (९८४६२३५६६६), अध्यक्षः लक्ष्मण गुरुङ (९८०४१२७५१०), रमेश कुमार श्रेष्ठ (९८४६०९१५२७) महासचिवः अशोक गिरी (९८६०५५७८४), कोषाध्यक्षः विमल राना (९८४६७१५४३५) सदस्य चक्रवात कुवर र राजु राई लाई सम्पर्क गर्न भनेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page