जातीय भेदभाव तथा छुवाछूत उन्मुलन कार्यक्रममा साेमबार जीवन परियार आउने
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसमा सोमबार दमौलीमा बृहत कार्यक्रम गरिने भएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँले गर्ने उक्त कार्यक्रमकाे प्रमुख अतिथिकाे रूपमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री जीवन परियार आउने मञ्च व्यवस्थापन समितिका संयाेजक मीनबहादुर चदाराेले बताए ।


व्यास ३ देउरालीनगरमा हुने कार्यक्रमकाे लागि अहिले सम्पुर्ण तयारी पुरा भएको मञ्च व्यवस्थापन समितिका संयाेजक चदाराेले जानकारी दिए । हामी कार्यक्रमकाे सम्पुर्ण तयारी पूरा गरेर भब्य रूपमा मनाउने गरि बसेका छाैँ उनले भने ।


छुवाछुत र जातिय विभेद गर्नु दण्डनीय अपराध भएपनि समाजबाट अझै पनि छुवाछुत हट्न नसकेकोले जेठ २१ गतेलाई जातिय विभेद र छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको रुपमा मनाउने गरीन्छ ।

छुवाछुत गर्नु दण्डनीय अपराध रहेको जानकारी दिन संयुक्त दलित संघर्ष समितिले सनिवार पत्रकार सम्मेलन समेत गरेको थियो । तनहुँका १० वटै पालिकाबाट दलित र गैह दलितको सहभागिता रहने गरी कार्यक्रमको तयारी गरेको गण्डकी प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्री एवम् संघर्ष समितिका संयोजक डाेवाटे विकले बताए ।

‘जातिय विभेद गर्नु हुँदैन रहेछ भन्ने सन्देश प्रवाह गर्न पनि यस कार्यक्रम फलदायी हुने संयुक्त संघर्ष समितिले बिश्वास छ । जेठ २१ गतेकाे दिवसलाइ मध्यनजर गर्दै तनहुँका अधिकाँश स्थानीय तहले बिदा दिएका छन् ।

सोमबार व्यास नगरपालिका वडा नम्बर ३ अनसन चौतारीबाट करिव १२ बजे १ हजार मानिस सहभागी ऱ्यालीले दमौली बजार परिक्रमा गरि र सोही वडाको देउराली नगरस्थित तमु भवनमा पुगेर सभामा परिणत हुने समेत संयोजक विकले बताए। दलित र गैह दलित सहित सहभागी भई गरिने उक्त कार्यक्रममा करिव ८ लाख खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक कृष्ण सुनारले जानकारी दिए ।
























