लागु औषध सहित भानुका दुई युवा पक्राउ
नियन्त्रित लागु औषध ट्रामाडोल सहित भानुका २ युवा पक्राउ परेका छन् ।


जिल्लाकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उनिहरू पक्राउ परेका हुन् ।


मुग्लिङतर्फ बाट आँबुखैरेनी आउदै गरेका भानु नगरपालिका वडा नं. १ बस्ने वर्ष २२ को दिपेश परियारले साथमा लुकाई छिपाई ल्याएको अवस्थामा ट्रामाडोल (Tramadol) लेखिएको ५७० ट्याब्लेट र ऐ.वडा नं. ६ बस्ने वर्ष २४ को सलमान मियाँले साथमा लुकाई छिपाई ल्याएको अवस्थामा Tepantadol लेखिएको ४६ ट्याब्लेट नियन्त्रित लागु औषध सहित उनिहरुलाई पक्राउ गरीएकाे प्रहरीले जनाएको छ ।

पक्राउ परेका परियार र मियालाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


























