५ ठाउँबाट काम हुने भए पछि राष्ट्रिय परिचयपत्रकाे भिड आजवाट हट्ने

५ ठाउँबाट काम हुने भए पछि राष्ट्रिय परिचयपत्रकाे भिड आजवाट हट्ने

जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र दर्ताका लागि सर्वसाधारणलाई सास्ती भएपछि तिन वटा दर्ता कक्ष थप भएको छ । प्रशासन कार्यालयमा बिहान ६ बजेदेखि नै राष्ट्रिय परिचयपत्र दर्ताका लागि सर्वसाधारणको घुइँचोले सास्ती भएपछि बुधबारदेखि तिन वटा दर्ता कक्ष थप गरिएको हो ।


सर्वसाधारणको बढ्दो चाप र कार्यालयमा दुई वटा मात्रै दर्ता कक्ष रहेकाले तिन वटा कक्ष थप गरिएकाे प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । तिनवटा मध्ये दुई वटा कक्ष कार्यालयमा थप गरेर चार ठाउँबाट सेवा दिने र एउटा स्थानीय तहमा पठाइएको गाैतमले जानकारी दिए ।


अब दुई जना कम्प्युटर अपरेटर नयाँ र पुरानो दुई गरि चार ठाउँबाट सेवादिए पछि दर्ताका लागि सहज हुनेछ उनले भने ।


स्थानीय तहमा पठाइएको एउटा लाई पहिलो एक हप्ता देवघाट गाउँपालिका बाट सेवा दिने र त्यसपछि क्रमश अन्य स्थानीय तहबाट पनि सेवा दिँदै जाने प्रजिअ गाैतमले बताए । स्थानीय तहबाटै सेवा दिन थालेपछि सर्वसाधारणलाई सुविधा पनि हुने र जिल्ला कार्यालयमा भिडभाड पनि हट्ने गाैतमकाे बिश्वास छ ।

कार्यालयमा अहिलेसम्म दुई वटा विवरण दर्ता कक्षमार्फत परिचयपत्रको फारम भरि सेवा दिँदा त्यसको दैनिक क्षमता ८० भए पनि एक सय २० जनालाई सेवा दिइएको थियो । दुई वटा कक्ष थपिएपछि चार वटा कक्ष भएको र दिनमा २ सय ५० भन्दा बढीलाई सेवा दिन सकिने गौतमको भनाइ छ । सेवाग्राहीको अत्यधिक भीड बढेपछि कर्मचारीलाई अतिरिक्त भत्ता दिने गरी बिहान ७ बजे देखि साँझ ७ बजेसम्म काममा खटाइएको थियो गौतमले भने ।

यता सामाजिक सुरक्षा भत्ता लिने सबैले राष्ट्रिय परिचयपत्र दर्ता अनिवार्य गरिएपछि कार्यालयमा भीड बढेकाे खबर पाए लगत्तै सांसद डा. स्वर्णिम वाग्लेले ध्यानाकर्षण भएको बताएका थिए । वाग्लेले उपप्रधानमन्त्री तथा गृह मंत्रीसँग सल्लाह गर्दै, प्रमुख जिल्ला अधिकारी र स्थानीय नेताहरुको सुझावमा परिचयपत्र विभागका महानिर्देशक युवराज कट्टेलसँग पटकपटक संवाद गरी समाधान-उन्मुख बाटो पहिल्याईएको बताएका थिए । तीनजनासम्म थप अधिकृतहरु मेसिनसहित तनहुँ पुग्ने निर्णय भैसकेको र तालिम लिनासाथ यसै हप्ता दमौली पुग्ने वाग्लेले बताएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page