तनहुँका प्रहरी अनुसन्धान अधिकृतहरूलाइ मानवअधिकार सम्बन्धि अभिमुखिकरण तालिम !


तनहुँका प्रहरी अनुसन्धान अधिकृतहरूलाई मानवअधिकार सम्बन्धि एकदिने अभिमुखिकरण तालिम जेष्ठ ३० गते दमाैलीमा प्रदान गरिएको छ । उक्त अभिमुखिकरण कार्यक्रमकाे शुभारम्भ गर्दै
कार्यक्रमका प्रमुख अतिथि तनहुँ जिल्ला अदालतका न्यायाधीश कमल राज विष्टले अपराध का चरणहरू बढ्दै गएको अवस्थामा प्रहरीले आफ्नाे काम , कर्तव्य र जिम्मेवारीहरू अत्यन्तै सावधानीपुर्वक गर्नुपर्ने बताए । सामाजिक हित , नागरिकको शान्तिसुरक्षा कायम गर्दै सरकार र जनता बिच अन्तरसम्बन्ध कायम गराउने मुख्य भुमिकामा प्रहरी रहेको विष्टको भनाइ थियो ।


राजनीतिक अधिकार , महिला अधिकार , बाल अधिकार लगायतका बिषयमा संविधानले नैं व्यवस्था गरेकोले ति सबै कुरालाई पालना गरेर अनुसन्धान सहितको अन्य काम प्रहरीले चनाखो भइ गर्नुपर्ने विष्टले बताए । अभिमुखिकरण कार्यक्रमले प्रहरीलाई मानवअधिकारकाे पुर्ण सम्मान र व्यवहारमा प्रयाेगका लागि सहयोग पुग्ने विश्वास लिइएको छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले शान्तिसुरक्षा कायम गर्ने सिलसिलामा
प्रहरी अत्यन्तै संवेदनशील भएर गर्नुपर्ने बताए । प्रजिअ गाैतमले मानवअधिकारकाे अन्तर्राष्ट्रिय घाेसणापत्र अनुसार काम गर्न निर्देशन दिँदै मानवअधिकार उल्लघंनमा लागेको भेटिए भविस्यमा बढुवा हुने देखि मिसनमा जान समेत नपाइने हुनाले यसतर्फ गम्भीर हुन उनले आग्रह गरे ।

साे अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहराले आफ्नाे अधिकार खाेज्दा अरूको अधिकार हनन हुन नहुने बताए । नागरिकका अधिकार प्रति प्रहरी सजग र सतर्क हुनुपर्ने भन्दै बाेहराले मानवअधिकारको संरक्षण र संबर्द्धनलाइ प्रहरीको रणनीतिक कार्ययोजनामा अंगिकार गरिएको बताए । अनुसन्धानकाे माध्यमबाट मानवअधिकारकाे रक्षा र प्रत्याभूतिका लागि राज्यमा प्रचलित कानुनहरूकाे कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी प्रहरीलाई रहेको पनि बाेहराले बताए । अभिमुखिकरण कार्यक्रममा सिकेका ज्ञान , सीप , काैशललाइ आफ्नाे कामको सिलसिलामा व्यवहारमा उतार्न उनलेे मातहतका प्रहरी अधिकृतहरूलाइ निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहराकाे सभापतित्व ,सामाजिक बिकास कार्यालय तनहुँकाे आयाेजना तथा जिल्ला प्रहरी कार्यालय तनहुँकाे सहकार्यमा आयाेजित उक्त अभिमुखिकरण कार्यक्रमकाे सामाजिक बिकास कार्यालय तनहुँका प्रमुख बिक्रम सुवेदीले स्वागत र प्रहरी निरीक्षक दिलीप हुमागाइले सञ्चालन गरेका थिए ।





























