व्यास १३ वडा कार्यालय भवनकाे मेयर न्याैपाने द्वारा उद्घाटन

व्यास नगरपालिकाका मेयर बैकुण्ठ नाथ न्याैपानेले व्यास नगरपालिका वडा नं १३ काे कार्यालय भवन उद्घाटन गरेका छन् । नवनिर्मित भवनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि मेयर न्याैपानेले सबै वडाहरू क्रमश बन्दै जाने चरणमा रहेको बताए । पहिलाका गाविस भन्दा अहिले वडामा कामको चाप बढी हुने हुँदा वडा कार्यालयहरू सुविधा सम्पन्न बनाउँदै लानुपर्ने र दिइने सेवाहरू प्रभावकारी बनाउदै लानुपर्नेमा न्याैपानेकाे जाेड थियो । नगरपालिकाले याेजना बनाए अनुसार सबै वडा कार्यालयमा पुग्न कालाेपत्रे गराइने घाेसणा गरेअनुसार त्यो काम पनि अन्तिम चरणमा पुगेको उनले बताए । वडा नं १३ मा खानेपानी , बाटो लगायतका थुप्रै बिकासका याेजनाहरू अगाडि बढिरहेको भन्दै न्याैपानेले समयमा काम सक्ने गरि काम गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए । दमाैली केशबटार सुखाैरा मार्गकाे केशवटार सुखाैरा खण्ड बहुवर्षिय याेजनामा परेको र ५ करोडको टेण्डर अाव्हान भएको उनलेे जानकारी दिए । कार्यक्रममा व्यास नगरपालिकाकि उपप्रमुख इन्दिरा दरै तथा सबै वडाका वडा अध्यक्षहरूकाे सहभागीता रहेको थियो ।

साे अवसरमा नगरपालिका याेजना शाखा प्रमुख भेषराज तिवारीले पहिलो चरण०७९/०८० मा बिश्वास एण्ड वि पु कन्ट्रक्सन काठमाडौं ले भ्याट र कन्टिजेन्सि समेत २३ लाख ४७ हजार ९ सय ७८ र दाेस्राे तथा अन्तिम चरणमा आ व ०८०/०८१ मा गणेश कन्ट्रक्सन २४ लाख ९ हजार ८ सय ४४ गरि टाेटल ४७ लाख ५६ हजार ४ सय २२ रूपयामा सम्पन्न भएको जानकारी दिए ।

व्यास १३ का अध्यक्ष बसन्त बहादुर आलेकाे अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा व्यास नगरपालिका वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ , कार्यपालिका सदस्य चन्द्रमाया परियार , नेपाली काङ्ग्रेसका डम्बरबहादुर अधिकारी र रेशम विक , रास्ट्रिय स्वतन्त्र पार्टीका विश्व बास्तोला , नेकपा माअाेवादि केन्द्रका कृष्णबहादुर रम्तेल , नेकपा एकीकृत समाजवादीका आनन्द घाघा , आदिकवि भानुभक्त क्याम्पस स्ववियु सभापति गाैरब पन्थ , समाजसेवी ईश्वर पन्थ , टाेल अध्यक्ष विष्णु हरि सेढाई , एसाेयस बालग्रामका अमृत पन्थ , जनजाग्रिति माविका प्र अ मिनु सेन्चुरि लगायतका बक्ताहरूले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमकाेकार्यपालिका सदस्य कमला घर्तीले स्वागत र सञ्चालन वडा सचिव नवराज पन्तले गरेका थिए ।

साे अवसरमा जग्गादाता स्व. गिरिबहादुर घर्तीकाे परिवार तथा गणेश कन्ट्रक्सन निर्माण कम्पनीका रूद्र श्रेष्ठलाई सम्मान गरिएको थियो । निर्माण कम्पनीले समय भन्दा ७ महिना अगाडि काम सम्पन्न गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page