दाहालको समसामयिक कविता

दाहालको समसामयिक कविता

त्यो अभियन्ताले ,
उताको मान्छेलाइ डामेर
अन्तर्वार्ता दियो
यताका मान्छेको हड्डि हास्यो ।

सन्जालतिर ,
हजारौ बेरोजगारले काम पाए
एक दुइ हप्ता
ओभरटाइममा कम्पनि चल्यो ।

फेरि ,
त्यो अभियन्ताले
यताका मान्छेलाइ पोलेर
अर्को अन्तर्वार्ता दियो
उताका मान्छेको हड्डि हास्यो ।

यता र उता
उता र यतामा
बच्चाहरु तन्नेरी भए
तन्नेरीहरु बूढा भए ।।
राजु दाहाल , दमौली

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page