मुग्लिन पाेखरा सडक खण्डकाे मन्त्री महासेठले गरे अनुगमन

मुग्लिन पाेखरा सडक खण्डकाे मन्त्री महासेठले गरे अनुगमन


मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डकाे उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठले अनुगमन गरेका छन् । सनिवार महासेठले मुग्लिन देखि डुम्रे सम्मको बाटोमा अनुगमन गरेका थिए । साे क्रममा मन्त्री महासेठले कामको प्रगति तथा अफ्ट्यारोकाे बारेमा बुझ्दै कामलाई तिव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका थिए ।

मन्त्री ज्यु नागढुंगा सडक खण्डको अनुगमनमा निस्केको बेलामा डुम्रे सम्म आउनुभएकाे पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बताए । आौपचारिक कार्यक्रम नभए पनि कामको बारेमा चासाे राख्दै मन्त्री ज्यु ले पुर्वी खण्डको काम सन्तोषजनक रहेको बताउनुभयो पाण्डेले भने । साे अवसरमा बिभागका डिजि , मन्त्रालयका सचिव , जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहाेरा लगायतको उपस्थिति रहेको थियो ।

आयाेजनाकाे तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वीखण्डमा ५६ र जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा २३ प्रतिशत प्रगति भएकाे छ । यो खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरू भएको थियो ।

पूर्वीखण्डमा निर्माणको काम चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले गरिरहेको छ । सो खण्डअन्तर्गत आँबुखैरेनी, बन्दीपुर, व्यासका विभिन्न ठाउँमा गरी १८ किलोमिटर दुईतर्फी र नौ किलोमिटर एकतर्फी सडक कालोपत्र भइसकेको छ ।

पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको ३८ किलोमिटर दूरीमध्ये हालसम्म नौ किलोमिटर एकतर्फी कालोपत्र सकिएको र यस खण्डमा २० किलोमिटर सडक छ लेनको हुने छ ।
पश्चिमखण्डका तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडी बढाइएको छ ।

यस खण्डमा निर्माण अवधि विसं २०८१ भदौ १२ गतेसम्म छ । यो खण्डमा निर्माणको काम चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले गरिहरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page