मन्त्रिमण्डलमा सधै जिल्ला बाहिरकालाई काखी च्याप्दै राष्ट्रपति पौडेल

मन्त्रिमण्डलमा सधै जिल्ला बाहिरकालाई काखी च्याप्दै राष्ट्रपति पौडेल

कांग्रेस सहभागी भई गठबन्धनको सरकार निर्माण हुँदा राष्ट्रपति रामचन्द्र पौडेलले सधै एकजना मन्त्री भाग खोज्ने गर्दछन् ।
यसैक्रममा यस पटकको मन्त्रिमण्डल गठन हुँदा समेत राष्ट्रपति पौडेलको भागमा एक जना मन्त्री परेको थियो। राष्ट्रपतिको कोटाबाट युवा तथा खेलकुद मन्त्रीमा तेजुलाल चौधरी नियुक्त भएका छन् । यसअघि कांग्रेस गठबन्धनमा सहभागी राष्ट्रपतिको कोटाबाट अन्यत्र जिल्लाका मन्त्री बनेका थिए ।
राष्ट्रपतिले पौडेलले आफ्नो कोटाबाट मन्त्री बनाउन अन्यत्रका नेतालाई काखी च्यापे पछि गृह जिल्लामा राष्ट्रपति पौडेलको आलोचना हुन थालेको छ ।

गृह जिल्लामा सामान्य कुनै योजना पर्दा पनि आफूले पारेको भनेर ढोल पिटाउने राष्ट्रपतिको मन्त्री बनाउने विषयमा खेलेको भूमिकालाई गृह जिल्लाबासीले राष्ट्रपति माथि शंकाको दृष्टिकोणले हेरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page