प्रहरी निरीक्षकमा बढुवा भएका पाैडेल र रानालाइ दर्ज्यानी चिन्ह

प्रहरी निरीक्षकमा बढुवा भएका पाैडेल र रानालाइ दर्ज्यानी चिन्ह
Oplus_0


प्रहरी निरीक्षकमा बढुवा भएका दुई प्रहरीलाई मंगलबार दर्ज्यानी चिन्हले सुशाेभन गरिएको छ ।

गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखरा दरबन्दी भई हाल प्रहरी चौकी थर्पुमा कार्यरत प्र.व.ना.नि.भरत प्र.पौडेल र स.प्र.से.पूर्वी नवलपरासी दरबन्दी भई जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्र.ना.नि.रामशरण राना लाइ प्रहरी निरीक्षक पदमा बढुवा भएकाले दर्ज्यानी चिन्ह प्रदान गरिएको हाे ।

बढुवा भएका पाैडेल र रानालाई जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपील राज बोहराले दर्ज्यानि चिन्हले सुसोभन गरेका थिए । कार्यक्रममा प्रहरी प्रमुख बाेहराले प्रहरी संगठनलाई अझै सक्षम , बलियो र गतिशील बनाउन संगठनकाे भावना अनुसार काम गर्नुपर्ने बताए । उक्त अवसरमा जिल्लाका प्रहरी अधिकृतहरूकाे उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page