व्यासको सुचना प्रविधि अधिकृतमा घिमिरे नियुक्त:
व्यास नगरपालिका काे सुचना प्रविधि अधिकृतमा व्यास ४ का सुबाेध घिमिरे नियुक्त भएका छन् । सुचना प्रविधि अधिकृत विशाल पण्डितले राजिनामा दिएपछि खालि भएको ठाउँमा नगरपालिकाले खुलाएको विज्ञापन अनुसारको लिखित , प्रयाेगात्मक र अन्तर्वार्ता समेत गरि सुवाेध घिमिरे छनाेट भएका थिए । उनै घिमिरेलाई आज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले नियुक्ति पत्र दिएका हुन् ।

























