गुरुपूर्णिमाको अवसरमा सिर्जना टोल आमा समूहद्वारा जेष्ठ नागरिकहरू सम्मानित
तनहुँकाे व्यास नगरपालिका वडा नं ३ दमौलीमा रहेको सिर्जना टोल आमा समूहले गुरुपूर्णिमाको अवसरमा आफ्नो टोलभित्र रहेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ ।

आमा समूहकी अध्यक्ष सरिता श्रेष्ठको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनुप राना रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष रानाले जेष्ठ नागरिकको सम्मान बिना कुनै पनि मानिसले सफलता पाउन नसक्ने बताए। जेष्ठ नागरिकको मार्गदर्शनबाट नै हाम्रो समाज सामाजिक एवं सांस्कृतिक रूपमा बलियो बनाउन सकिने रानाको भनाइ थियो । जेष्ठ नागरिकलाई सम्मान गरेर आमा समुहले अत्यन्तै उदाहरणीय काम गरेको रानाले बताए ।
समूहले गुरु पूर्णिमाको अवसर पारेर टोल स्थित जेष्ठ नागरिकहरू लाई सम्मान र खिर खुवाउने कार्यक्रम गरेको थियो । साे अवसरमा आमा समुहकी अध्यक्ष सरिता श्रेष्ठले आमा बुवा लाई सम्मान गर्न पाउँदा खुसी लागेको बताएकी थिइन् ।
उक्त जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडा सदस्य विना श्रेष्ठ, निवर्तमान वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठ, टोल द्वितीय उपाध्यक्ष ठाकुर प्रसाद पौडेल लगायतले आफ्नो भनाइ राखेका थिए।
























